आइतबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आइतबार, २८ बैशाख २०८२

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार