एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति ?

सोमबार, २९ बैशाख २०८२

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ९० हजार ५०० रुपैयाँमा करोबार भएको सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।

हिजो १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार