बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

शुक्रबार, २७ असार २०८२

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घ, काठमाडौँ कार्यसमितिले आज (शुक्रवार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल विद्यार्थी सङ्घ,काठमाडौँका अध्यक्ष अंशुल केसी,सहसचिव दोर्जे तामाङ,बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ,कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ,चन्द्रागिरि उपाध्यक्ष रोहण देशार,त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौँ सहसचिव प्रस्ताव केसी रहेका छन् ।

नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पर दर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने,प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति,विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।

नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार