सांसदलाई धरानमा निषेध गर्ने हर्क साम्पाङको घोषणामा बालेनको समर्थन

आइतबार, ०३ बैशाख २०८०
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा कोशीको पानी ल्याउने योजना आगामी बजेटमा नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका छन्। उनले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पानीको योजना बजेटमा नपेर सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरुलाई धरानमा निषेध गरिने छ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको! ख्याल नठान्नु होला! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नू!’ मेयर साम्पाङको उक्त भनाइप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन शााहले पनि समर्थन जनाएका छन्। साम्पाङको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्,’पूर्ण समर्थन। गर्ने नै यही हो।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार