काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा ३ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया