धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

शुक्रबार, ०२ जेठ २०८२

काठमाडौं : नेपाल र जापानबीच धुलिखेल अस्पतालको ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि ५७ करोड ३० लाख जापानी येन (करिब ५१ करोड नेपाली रुपैयाँ) बराबरको थप अनुदान दिने सहमति भएको छ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रम उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सम्पन्न भएको थियो।

यसअघि सन् २०२३ को अक्टोबरमा जापान सरकारले सो परियोजनाका लागि ३ अर्ब २९ करोड ६० लाख येनको अनुदान दिने सम्झौता गरिसकेको थियो।

पछिल्लो सहमतिसँगै परियोजनाको कार्यान्वयनमा थप गति आउने अपेक्षा गरिएको छ। सहमति पछि अर्थमन्त्री पौडेल र उपमन्त्री अकिकोबीच द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारबारे छुट्टै भेटवार्ता पनि भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार