उच्च रक्तचापबाट बच्न : दैनिक व्यायाम आवश्यक

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।

यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो ।

बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ । 
उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो ।

यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।

औषधीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ । उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार