लघुवित्त पीडित र प्रहरीबीच इनरुवामा झडप

आइतबार, ०३ बैशाख २०८०
इनरुवा  । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा आइतबार झडप भएको छ । लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । विरोधका क्रममा लघुवित्त पीडितहरूले तीन घण्टाभन्दा बढी समयसम्म सडकमा अवरोध गरेका थिए । प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो । प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न भने पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लाठी चार्ज समेत गरेको थियो । झडपका क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् । आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेन । आन्दोलनमा सहभागी अधिकांश महिला थिए । आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । एक महिनायता विभिन्न लघुवित्त संस्थाबाट पीडितहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिँएका थिए । https://www.youtube.com/watch?v=su8mXb8LOr4

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार