काठमाडौं : सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन्।
विशेष अदालतको फैसला बदर गर्न उनी सर्वोच्च पुगेका थिए, तर न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गर्दै उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो।
अब सर्वोच्च अदालतले पनि सो सजायलाई कायम राखेसँगै तामाङको सजाय कानुनी रूपमा अन्तिम रूप लिएको छ। यससँगै सिभिल सहकारी प्रकरणमा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनी सजाय पाउने पहिलो ठूला सञ्चालक बनेका छन्।
प्रतिक्रिया