पानी पिउँदा गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्

मंगलबार, ०६ जेठ २०८२

पानी पिउने काम हामी हरेक दिन गर्छौं, तर के हामी यो सहि तरिकाले गरिरहेका छौंरु यदि पानी पिउने गलत बानी बसेको छ भने, यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। विज्ञहरूका अनुसार, केही साधारण तर उपयोगी नियमहरू पालन गरेर हामी दीर्घकालीन स्वास्थ्य लाभ लिन सक्छौं। यहाँ पानी पिउँदा ध्यान दिनुपर्ने चार प्रमुख कुरा उल्लेख गरिएका छन् ।

१.बिहान उठ्नेबित्तिकै पानी पिउने:-
बिहान उठ्नेबित्तिकै चिया वा कफी होइन, एक गिलास तात्तातो वा सामान्य पानी पिउनु राम्रो हो। यसले शरीरलाई हाइड्रेट गर्छ र रातभर जम्मा भएको विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ।

२. पानी बिस्तारै पिउने:-
एकैचोटि धेरै पानी नपिउने। पानी चुस्दै चुस्दै वा सानो सानो घुट्केमा पिउनु पेट र पाचन प्रणालीको लागि फाइदाजनक हुन्छ। यसरी पिउँदा र्याल मिसिने हुँदा पाचनमा सुधार आउँछ र माइग्रेन वा टाउको दुख्ने समस्या पनि कम हुन्छ।

३. चिसो पानीबाट जोगिने:-
फ्रिजको पानी अत्यन्त चिसो हुने भएकाले यो पिउनु शरीरको तापक्रम सन्तुलनमा असर पुर्‍याउँछ। गर्मीयाममा पनि माटोको भाँडोको पानी पिउनु स्वास्थका लागि उपयुक्त मानिन्छ।

४. खाना खाएपछि तुरुन्तै पानी नपिउने:-
खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा पाचनमा असर पर्न सक्छ। कम्तिमा पनि खाना खाइसकेपछि ३० मिनेटको अन्तराल राखेर पानी पिउनु राम्रो हुन्छ। साथै, उभिएर होइन, बस्नेर पानी पिउनु उचित मानिन्छ।

यी सामान्य तरिकाले शरीरलाई सन्तुलनमा राख्न र दीर्घकालीन स्वास्थ्य सुधार गर्न सकिन्छ। जीवनशैलीमा साना परिवर्तनले ठूलो फाइदा पुर्‍याउन सक्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार