इलाममा निर्माणाधीन पक्की पुल बाढीले बगायो, सडक अबरुद्ध

शनिबार, १७ जेठ २०८२

इलाम : अविरल वर्षाका कारण इलामको चुलाचुली गाउँपालिका १ स्थित कुमाले खोलामा निर्माणाधीन पक्की पुल बगाएको छ।

पुलको ढलानका लागि तयार पारिएको सेट्रिङ बिचैमा भासिएको र झन्डै १० फिट लम्बाइको पक्की वालसमेत बगाएको प्रहरीले जनाएको छ। बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण अझै आउन बाँकी रहेको छ।

त्यस्तै इलामको माई नगरपालिका ७ खैरेनीस्थित महमाईदेखि लारुम्बासम्मको भित्री पक्की सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय यातायात पूर्ण रूपमा प्रभावित भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार