गोसाइँकुण्डमा डुबेर मृत्यु भएका दाजुभाइको इटहरीमा अन्त्येष्टि

विहीबार, १५ साउन २०८२

इटहरी । गोसाइँकुण्डमा नुहाउने क्रममा साउन ११ गते आइतबार डुबेर ज्यान गुमाएका मोरङ बेलबारी ११ लक्ष्मिमार्गका २५ वर्षीय मनोज न्यौपाने र विराटनगरका २९ वर्षीय सुजन ढकालको अन्त्येष्टि इटहरीमा गरिएको छ।

उद्धार कार्यमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र श्रीनाथ गणको संयुक्त टोलीले दुवै जनाको शव साउन १३ गते स्ट्रेचरमार्फत चन्दनबारी गुम्बासम्म ल्याएको थियो। त्यसपछि १४ गते शवलाई धुञ्चे लगेर पोस्टमार्टम गरिएको थियो।

पोस्टमार्टमपश्चात् परिवारको जिम्मा लगाइएका दुवै शव साउन १५ गते बिहीबार बिहान मोरङ ल्याइएको थियो । त्यसपछि इटहरीको बुढीगङ्गा घाटमा दुवै जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। तीर्थयात्रामा गएका दाजुभाइको एकै पटक मृत्यु भएपछि स्थानीयहरू शोकमा डुबेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार