काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि ‘जापान बुटक्याम्प ७.०’ आयाेजनाको घोषणा गरेको छ ।
कार्यक्रम जेठ २३ गते काठमाडौंको बागबजारमा रहेको इन्लाइटन परिसरमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आयोजना हुनेछ । यो बुटक्याम्प प्लस टु, ब्याचलर, मास्टर्स उत्तीर्ण गरेका र जापानमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको हो।
कार्यक्रमले जेएलपिटी, एनएटी, जेपीटी), जेएलसीटी र जे-सर्टजस्ता जापानी भाषा परीक्षाहरूको तयारीमा केन्द्रित रहनेछ । यी प्रमाणपत्रहरू जापानी विश्वविद्यालयमा भर्ना, रोजगारी र स्किल भिसा कार्यक्रमका लागि आवश्यक मानिन्छन्। यो बुटक्याम्पमा सहभागी हुने विद्यार्थीहरूले प्रत्यक्ष जापानका स्कुल, कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसँग परीक्षामा उत्कृष्ट अंक ल्याउन उपयोगी टिप्स र रणनीतिहरू, जापानी विश्वविद्यालय भर्ना र स्किल भिसा प्रक्रियाबारे जान्ने माैका पाउनेछन् ।
सहभागीहरूलाई सिनेमा टिकट र आकर्षक उपहारहरू पनि व्यवस्था मिलाइएकाे छ ।
साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।
इच्छुकहरुका लागि दर्ता लिङ्क: https://forms.gle/c8EjSTqUjKAAXYva7
प्रतिक्रिया