शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

आइतबार, १८ जेठ २०८२

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पक्राउ पूर्जी जारी गरेको छ। अदालतले आइतबार पक्राउ पूर्जी जारी गर्दै हसिनाविरुद्धको अभियोजनमाथि सुनुवाइ शुरू भएको जनाएको छ।

हसिनामाथि गत वर्षको जुलाई १५ देखि एक महिना लामो विद्यार्थी आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएको आरोप छ, जसका कारण थुप्रैको ज्यान गएको बताइएको छ। आन्दोलनको क्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गरिएको बलप्रति व्यापक आलोचना भएपछि घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको थियो।

प्रहरी अनुसन्धान अनुसार, शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्काउन हसिनाको निर्देशन भूमिका थियो भन्ने प्रमाणहरु प्रस्तुत गरिएको बताइएको छ। घटनापछि उनीविरुद्ध मानवअधिकार उल्लङ्घन तथा गैरकानुनी हत्याको मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार