इटहरी : सुनसरीको इटहरी २० तरहरा स्थित होम्समा झापाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसले मोटरसाइकल ठक्कर दिँदा एकै परिवारका दिदी भाइ सख्त घाइते भएका छन ।
धरान आउँदै गरेको प्रदेश २–००२ ख ०२९९ नम्बरको बसले इटहरी २ दंगाल टोल तिरबाट बाटो काट्ने क्रममा रहेको प्रदेश १–०२–०१४ प ६७७५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
शुक्रवार साँझ ८:५५ बजे भएको उक्त दुर्घटनामा भोजपुरको अरुण गाउँपालिका–८ निवासी ३२ वर्षीय मोटरसाइकल चालक खगेन्द्र चौलागाईं र पछाडि सवार उनकी दिदी, इटहरी–२० निवासी ४० वर्षीया लक्ष्मी पराजुली गम्भीर घाइते भएका छन्।
दुवै घाइतेको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको तरहरा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक टिकाप्रसाद नेपालले बताए ।
ठक्कर दिने रेसम फिलिली कम्पनीको बस र बसका चालक धरान–१३ निवासी ३३ वर्षीय सुमन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको बस र मोटरसाइकल दुवैले बाटो नहेरी कुदाएका कारण दुर्घटना भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रतिक्रिया