पीएसजी समर्थकद्वारा पेरिसमा तोडफोड, ३०० बढी पक्राउ

आइतबार, १८ जेठ २०८२

पेरिस । च्याम्पियन लिगको फाइनल पछि पेरिसमा दङ्गा भएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्यानहरूले आफ्नो क्लबको जितको उत्सव मनाए पछि प्रहरीसँगको भएको झडपपछि पेरिसमा सयौँ व्यक्तिलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५० हजार मानिसहरूले म्युनिखमा इन्टर मिलान विरुद्ध ५–० को जित ठुला स्क्रिनमा हेरे पछि सो झडप सुरु भएको हो ।

सो अनियन्त्रित भीडका कारण आतिशबाजीहरू बन्द गरिएको थियो भने बस आश्रयहरू तोडफोड गरियो र अराजक उत्सवहरूको बिचमा कारहरू जलाउने काम भएको थियो ।

पीएसजीले आफ्नो इतिहासमा पहिलो पटक युरोपेली क्लब फुटबलमा सबैभन्दा ठुलो पुरस्कार जित्दा यो अराजकता मच्चिएको हो । 

धेरैजसो फ्यानहरूले सडकमा गीत गाएका थिए भने आफ्नो कारको हर्न बजाएर शान्तिपूर्ण रूपमा उत्सव मनाए। एफिल टावरमा पिएसजीको नीलो र रातो रङ्गहरू सँग उज्यालो बनाइएको थियो । तर, अचानक हिंसा भड्किन पुगेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार