राजवादीले आव्हान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता

सोमबार, १९ जेठ २०८२

काठमाडौँ : संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।

समितिका संयोजक नवराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम आवश्यक नरहेको उल्लेख गरिएको छ।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राप्रपाले बन्द हडताल जस्ता अलोकप्रिय कार्यक्रमको समर्थन नगर्ने स्पष्ट पार्दै, सोमबारको उपत्यका बन्द कार्यक्रममा सहभागिता नहुने जानकारी दिएका थिए।

उनले आइतबार फेसबुकमार्फत सरकारद्वारा पक्राउ परेका नेता–कार्यकर्ताहरू रिहा भइसकेकाले बन्दको औचित्य नभएको टिप्पणी गरेका थिए।

समितिले आन्दोलनका कार्यक्रम स्थगन गरे पनि उनीहरूले उठाएका माग र सरोकारहरू भने कायमै रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार