सिङ्गो राष्ट्र छु तर क्षेत्रहरू पाँच थिए समान डेरा,
अहिले टुक्रियाउन लागी सके, सात प्रदेश छन् मेरा ।
चौध प्रकार गरी अङ्ग समान छन्न मेरा,
फुल्छन् सतहत्तरथरि सबै फूलबारी साझाँ,
नौ झ्यालका घरहरू हेर्छन् दैलो उघारी–उघारी ।
करिब पौने दुईलाख अधिक छन् क्रियाशील भकारी,
लगभग तिन करोड मन छन सबै सपारी,
तिनका दुवै कुराहरू श्रमले मुसारी,
गर्छन् खुसी भई शुभ–कामहरूको तयारी ।
देशका विविध दल सुद्ध बनाई यान,
गर्छन् परिश्रम यही अनि हुन्छ धाम ।
बिउँझन्छन् नूतन कला मेटी अन्धकार हरू,
लालीगुराँस फुल्ने, यासागुम्बा पाइने देश हो बिचरा ।
यो लोकतन्त्र, प्रजातन्त्र देशमा श्रम बिन्दु पोती,
सीपादिले सजि–सजाउ छन्न शान्तिको प्रतीक बोकी ।
बोलिरहेछन् यहाँ शुभगान सदा मुनाल र डाँफे हिमालमा सम्पूर्ण देश–जनताको हितका सवाल गुन्जिरहेछन् साझा आवाजहरू ।
प्रतिक्रिया