काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र नेतृत्वकै आन्तरिक कलह सतहमा आएको छ । ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै उनीमाथि ‘तानासाह बन्न खोजेको’ गम्भीर आरोप लगाएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा खनालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका थिए ।
खनालको उक्त अभिव्यक्तिपछि अध्यक्ष नेपालले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै ‘पार्टी छोडेर जान सक्ने’ चेतावनी दिएका थिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो भनाइ राखेका हुन्।
अध्यक्ष नेपालको यस अभिव्यक्तिपछि खनालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा ती प्रतिक्रिया अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार र तानाशाही प्रवृत्तिको भएको टिप्पणी गरेका छन्।
खनालले भने, ‘पार्टी नेतृत्वमा रहेका व्यक्तिले अरू नेतालाई यति गैरजिम्मेवार भाषामा बोल्नु सरासर तानाशाही प्रवृत्तिको प्रमाण हो । यस्तो व्यवहार पार्टीको आन्तरिक लोकतन्त्रविरुद्ध छ ।’
खनालले पार्टीभित्र बहस र आलोचनाको ढोका बन्द गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रश्न उठाए, ‘मैले जनताको काम गर्न सकेनौँ, पार्टी गठनको औचित्य पुष्टि भएन भनेकोमा पार्टी छोड भनेर आदेश दिने अध्यक्ष कस्तो तानासाह बन्न खोजेको हो ?’
प्रतिक्रिया