सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सोमबार, १९ जेठ २०८२

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। नियमित कार्यसूचीका साथै पछिल्लो समय संसदमा देखिएको गतिरोधको पृष्ठभूमिमा बैठक बसेको हो।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उच्चस्तरीय छलफल भएको थियो। छलफल संसद अवरुद्ध रहँदै आएको अवस्थालाई कसरी हल गर्ने भन्ने विषयमा केन्द्रित रहेको थियो।

सरकार र विपक्षी दलबीच केही दिनयता जारी संवाद र दबाबबीच आजको मन्त्रिपरिषद् बैठक विशेष चासोको विषय बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार