पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् ।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ ।
प्रतिक्रिया