संखुवासभामा चट्याङ प्रकोप: एक वर्षमै पाँचको मृत्यु

बुधबार, ३१ बैशाख २०८२
सांकेतिक फाईल

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख अभिषेक श्रेष्ठका अनुसार मंगलबार दिउँसो करिब ४ बजे चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको ज्यान गएको हो । घरमै बसिरहेको बेला अचानक परेको चट्याङले उनी गम्भीर घाइते भइ प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुरमा पु¥याइएकी थिइन् । तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ घाइते भएका छन् । घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको भए पनि गम्भीर अवस्था रहेकाले थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा स्थानान्तरण गरिएको छ ।

प्रहरीका अनुसार पछिल्लो एक वर्षमा जिल्लामा चट्याङ लागेर पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार