राजपरिवारको सम्झनामा दीप प्रज्वलन, वाईसिएलबाट ढुंगा प्रहार

सोमबार, १९ जेठ २०८२

काठमाडौं : दिवंगत राजपरिवारका सदस्यहरूको सम्झनामा काठमाडौंको कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

दीप प्रज्वलनमार्फत राजसंस्थाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सहभागीहरूले दिवंगत राजपरिवारप्रति सम्मान प्रकट गरेका थिए। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह लगायत, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र नेताहरू जगमान गुरुङ आदि सहभागी थिए।

तर सोही समय नजिकै प्रज्ञा भवनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन वाईसियल को भेला चलिरहेको बेला तनावपूर्ण अवस्था सिर्जना भयो। दीप प्रज्वलन स्थलमा वाईसियल कार्यकर्ताहरूले ढुंगा मुडा प्रहार गरेका छन्।

स्वयम्सेवकहरूले भीड छिचोलेर राजपरिवारका सदस्यहरूलाई सुरक्षितरूपमा मन्दिरभित्र प्रवेश गराएका थिए। घटनास्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरीको उपस्थिति अत्यन्त न्यून थियो, जसले सुरक्षा चुनौती थपिएको हो।

अहिले प्रहरीले उनीहरूलाई प्रज्ञा भवनबाट बाहिर निस्कन दिएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार