सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो, तोलको कति ?

मंगलबार, २० जेठ २०८२

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।

सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ।

चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार