सुनसरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

डिस्चार्ज गरेकी घाइते महिलाको दुई महिनापछि मृत्यु

मंगलबार, २० जेठ २०८२

सुनसरी : सुनसरीको ईनरुवा नगरपालिका–६ स्थित दक्षिणकाली पेट्रोलपम्प नजिक गत चैत १८ गते भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

बिराटनगरबाट वीरगञ्जतर्फ गइरहेको ना ६ ख २९३१ नम्बरको यात्रुबाहक बसले इटहरीतर्फ गइरहेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी हरिनगर गाउँपालिका–३ का ४६ वर्षीय मोटरसाइकल चालक महेश कुमार मेहताको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल पछाडि सवार देवानगञ्ज गाउँपालिका–२ की ५७ वर्षीया गुगली मेहतालाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

उपचारपछि चिकित्सकको सल्लाहमा चैत २० गते नै घर ल्याइएकी उनको दुई महिनापछि आइतबार राति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थललाई सुरक्षित राखी कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको हो।

उक्त घटनामा संलग्न बस र बस चालक सिराहा लहान नगरपालिका–१५ का ३४ वर्षीय सूर्य नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार