पटनाः साउन १७ गते बिहीबार, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री एवं प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र भारतीय जनता पार्टी (भाजपा)का केन्द्रिय मन्त्री गिरिराज सिंहबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
बिहारको राजधानी पटनामा सम्पन्न उक्त भेटमा नेपाल–भारत सम्बन्ध, दुबै दलबीचको सहकार्य, र आगामी दिनमा सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए।
नेता सिंहले मधेश प्रदेश हाल सुख्खा संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै भारतीय केन्द्रीय मन्त्री समक्ष आम नागरिकको पीडामा मित्र राष्ट्र भारतबाट सहयोगको अपेक्षा रहेको बताएका थिए।
भेटवार्तामा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन तथा आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने सहमति व्यक्त गरिएको थियो। साथै, मन्त्री गिरिराज सिंहले निकट भविष्यमा मधेश प्रदेश र नेपाल भ्रमण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
पूर्वमन्त्री सिंहले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र आत्मीय रहेको उल्लेख गर्दै यसलाई सबै क्षेत्रमा दीर्घकालीन रूपमा बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया