"अब ओली ब्रह्म हुन भन्न बेर छैन" : ढकाल

शनिबार, १७ साउन २०८२
तस्बिर : फाइल

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै तीव्र व्यङ्ग्य गरेका छन्।

शनिवार इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन उद्घाटन समारोहमा बोल्दै ढकालले ओलीले ‘शिवलाई चाम्लिङ’ भन्ने काम भइसकेकाले अब ‘ओली ब्रह्म हुन’ भन्न बेर नरहने टिप्पणी गरे।

ढकालले प्रधानमन्त्री हुँदा ओलीले बोलेका शब्दहरू सम्झँदै भने, “भ्रष्टाचार गर्दिन पनि, गर्न पनि दिन्न भनेको दुई वर्ष भयो, अझै दुई वर्ष त्यही मिथ्या सुन्नुपर्ने बाध्यता छ।” उनले ओलीलाई ‘नकारात्मकताको आदि पुरुष’ भन्नुपर्ने अवस्था आएको समेत बताए।

ओलीको निर्वाचन क्षेत्र झापा–६ मा बनेको दमक भ्यु टावरलाई उदाहरण दिँदै ढकालले राज्यको ठुलो रकम भ्रष्टाचारमा गएको आरोप पनि लगाए। “दमक भ्यु टावर बनाउँदा करदाताको ठुलो धनराशि दुरुपयोग भयो,” उनले जिकिर गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार