अनसनरत भट्टराई र सरकारबीच छलफल : अनसन स्थगित हुनसक्ने

शनिबार, १७ साउन २०८२

काठमाडौँं : संघीय सरकारसमक्ष सात बुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

शनिवार बिहान वन मन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइए पनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।

वन तथा वातावरण मन्त्रालय र सहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरूले भट्टराईले उठाएका मुद्दाहरूका बारे छलफल गरेर सम्झौताको खाका तयार गरे पनि त्यसले अन्तिम रूप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए । संभवत आइतबारसम्ममा दुवै पक्षबिच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ ।

Ansan.00_00_00_00.Still015

नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवर्द्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए ।

साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिवार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार