विषाक्त मदिरा पिउँदा भारतको मोतिहारीमा ३२ जनाको मृत्यु

मंगलबार, ०५ बैशाख २०८०
काठमाडौं । भारतको पूर्वी राज्य बिहार मोतिहारीमा विषाक्त मदिरा पिउँदा ३२ जनाको मृत्यु भएको छ । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँड–रक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिएका छन् । विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँड–रक्सी खाएर ज्यान गुमाउने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार