कतारस्थित अमेरिकी सैन्य अड्डामा आक्रमणपछि नेपाली दूतावासको अपिल

मंगलबार, १० असार २०८२

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

दूतावासले सोमबार राति आफ्नो फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै सबै नेपालीलाई हालको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा यथास्थानमै रहन अपिल गरेको हो।

दूतावासले आवश्यक परेमा सम्पर्क गर्न सकिने स्पष्ट पार्दै आफू सधैं नेपालीहरूको साथमा रहेको उल्लेख गरेको छ।

कतारमा हाल झण्डै ४ लाख नेपाली विभिन्न पेशा र क्षेत्रमा कार्यरत छन्। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार