पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै महासङ्घ सुनसरीले जिल्ला प्रशासनमा धर्ना दिने

मंगलबार, २० मंसिर २०७९
नेपाल पत्रकार महासङ्घ उदयपुर शाखा सदस्य गजेन्द्र राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन गर्ने भएको छ । पत्रकार महासङ्घ सुनसरीको मङ्गलवार बसेको कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले पत्रकार राईको रिहाइका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासङ्घका सुनसरी उपाध्यक्ष गणेश निरौलाले जानकारी दिएका छन् । प्रशासन कार्यालय अगाडी कालो पट्टी बाँधेर धर्ना दिने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको उपाध्यक्ष निरौलाले जानकारी दिए । पत्रकार राईलाई समाचार लेखेकै कारण प्रहरीले मङ्सिर १० गते गाईघाटबाट पक्राउ गरी काठमाडौँ लगिएको छ । समाचार लेखेकै कारण कुनै पनि सञ्चारकर्मीलाई पक्राउ गर्न नहुने बताउँदै कुनै समाचारका चित्त नबुझे त्यसको कानुनी उपचार गर्ने निकाय रहे पनि प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको बताउँदै विना सर्त तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सहसचिव, रेडियो नेपालका उदयुपर संवाददता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय सदस्य समेत रहेका राईलाई साइबर क्राइम गरेको अभियोगमा प्रहरीले रिपोर्टिङकै क्रममा पक्राउ गरेको थियो । राईको तत्काल रिहाइको माग राख्दै नेपाल पत्रकार महासंघ मोरङ शाखासहित मोरङका ६ वटा संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार