अस्ट्रिया : अस्ट्रियाको ग्राट्ज सहरस्थित ड्रेयर्सचुटजेनगासे हाई स्कुलमा मङ्गलवार एक पूर्वविद्यार्थीले गोली प्रहार गरेर ९ विद्यार्थीको हत्या गरेको छ भने आफू पनि आत्महत्या गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा थप १२ जना घाइते भएका छन्।
अस्ट्रिया प्रहरीले गोली चलाउने व्यक्ति २१ वर्षको रहेको र उनी यही विद्यालयको पूर्वविद्यार्थी भएको जानकारी दिएको छ।
आक्रमणकारीले गोली हानेपछि बाथरुममा गएर आत्महत्या गरेको पुष्टि गरिएको छ।
घटनाको कारण अहिलेसम्म स्पष्ट नभएको र प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। आक्रमणमा एउटा लामो बन्दुक र एउटा ह्यान्डगन प्रयोग भएको प्रहरीले बताएको छ।
यसैबिच, अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।
प्रतिक्रिया