काठमाडौँ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो।
गएको आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ। सहमतीबाट नेतृत्व चयन हुन नसकेपछि अनेरास्ववियुले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो।
केही बेरअघिबाट ४३ वटा इलेक्ट्रिक भोटङ मेसिन मार्फत मतदान सुरु भएको हाे। मतदान साँझ ४ बजेसम्म हुनेछ।
प्रतिक्रिया