दाउ प्रहार गरेर श्रीमानको हत्या गर्ने २७ वर्षीय मेखमाया पक्राउ

आइतबार, ०१ असार २०८२

बझाङ : बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ मा एक महिलाले दाउ प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छिन्। 

श्रीमान्–श्रीमतीबिच घरेलु विवाद चुलिएपछि शनिवार राति २७ वर्षीया मेखमाया धामीले ३० वर्षीय श्रीमान् धनबहादुर धामीको टाउकोमा दाउ प्रहार गरेकी हुन्।

प्रहरीका अनुसार गम्भीर चोट लागेका धनबहादुरको घटनास्थलमै  ज्यान गएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार आपसी झगडाको क्रममा रिसको आवेगमा मेखमायाले धारिलो हतियार प्रयोग गरेकी थिइन्। हत्या आरोपमा प्रहरीले मेखमायालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, बझाङमा पठाइएको छ। घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार