काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको डीएनए मिलेको छ । योसँगै उनको शव परिवारलाई हस्तान्तरण गरिने र राजकोटमा दाहसंस्कार गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ । आइतबार बिहानसम्म २४८ शवको डीएनए नमूना लिइएको थियो । यीमध्ये ३१ वटा मिलेका छन्, जसमध्ये २० शव परिवारलाई हस्तान्तरण गरिएको छ । उनीहरूको मृत्यु प्रमाणपत्र पनि प्रदान गरिएको छ ।
एम्बुलेन्स मार्फत शवहरूलाई सुरक्षाका साथ उनीहरूको गृहनगरमा पुर्याइँदै गरेको बताइएको छ । यसका लागि २३० टोलीहरू गठन गरिएका छन्, जुन मृतकका आफन्तहरूसँग प्रत्यक्ष सम्पर्कमा छन्। १९२ एम्बुलेन्स र सवारी साधनहरू तयारी अवस्थामा राखिएको छ ।
एयर इन्डियाको यस विमान दुर्घटनामा विमानमा सवार एक यात्रु सकुशल रहेका थिए ।
प्रतिक्रिया