शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् -प्रवक्ता सापकोटा

सोमबार, ०२ असार २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन् ।

सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् ।

उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ । यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन् । त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्यौं । उहाँहरुको वेदनाहरु सविस्तार सुन्यौ । उहाँहरुलाई सुन्दा हामी संवेदनशील भयौं ।’

प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिनुभएको अभिव्यक्तिले वेपत्ता परिवारका सदस्यमा चमक आएको बताए ।

‘वेपत्ता परिवारमा महिलाहरुले व्यक्त्त गरेको कुरा सुन्दा मर्माहित भयांै । आफ्नो श्रीमान साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले वेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुएकाले उहाँहरुमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो उर्जाको विषय हो,’ उनले भने ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताए ।

‘अहिलेको सरकार भ्रष्ट र निरङकुश छ । जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौं देशलाई संकटको दिशातिर धकेलिरहेको छ । यसैको जगमा टेकेर गरेका गलन कामले जनताका असन्तुष्टि बढेको छ । त्यस कारणल प्रतिगामी शक्तिहरु सल्वलाइरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार