पियूमा एमबीबीएस सञ्चालनको स्वीकृति, कोशी प्रदेशका लागि ‘गेम चेन्जर’

विहीबार, २९ साउन २०८२

विराटनगर : २९ साउन  वर्षौँदेखि केवल प्रक्रियामै अल्झिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज अब अन्ततः सञ्चालनमा आउने भएको छ । करिब दुई दशक लामो तयारीपछि विश्वविद्यालयले मोरङको गोठगाउँस्थित स्कूल अफ मेडिसिन मा एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

यससँगै मोरङ क्षेत्र नं. ३ र ६ का नागरिकसँग गरिएको प्रतिबद्धता पूरा भएको भन्दै प्रदेशभर खुशीको माहोल छ ।

सांसदको हैसियतमा अढाई वर्षको छोटो अवधिमा नै यो ऐतिहासिक उपलब्धि सम्भव बनाउन नेपाली कांग्रेसका नेत तथा यस क्षेत्रका सांसदहरु डा. शेखर कोइरालाको दूरदृष्टिपूर्ण नेतृत्व र डा.सुनिलकुमार शर्माको अथक प्रयास निर्णायक भएको भन्दै उनीहरुका समर्थकहरुले प्रशंसा गरेका छन् । 

यस निर्णयपछि लाखौँ नागरिकले अब आफ्नै घरआँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।

साथै, यो कदमले प्रदेश र देश दुवैको स्वास्थ्य शिक्षामा आत्मनिर्भरता बढाउँदै नेपालको गौरवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार