उर्लाबारीमा बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

सोमबार, ०२ असार २०८२

उर्लाबारी ।  मोरङको उर्लाबारी नगरपालिका–३ स्थित धिमाल परियोजना स्थल नजिकै बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । 

सोमबार दिउँसो २ः५० बजेतिर धिमाल जातीय विकास केन्द्र समितिको आयोजनामा जातिरी सिरिजात पर्व समापन कार्यक्रम भइरहेको चौर नजिकै अन्दाजी ३५ देखि ४० वर्ष उमेरको एक पुरुष व्यक्ति बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा फेला परेका पुरुषलाई इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी सहायक निरीक्षक विष्णुबहादुर कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि लगेको थियो । तर, उपचारकै क्रममा चिकित्सकले अपराह्न ३ः३० बजे उनलाई मृत घोषणा गरेका छन् ।

मृतकको नाम, ठेगाना खुल्न सकेको छैन । उनको हुलिया श्याम्लो वर्ण, कालो छोटो कपाल, पातलो शरीर, कालो पाइन्ट, कोठे सेतो सर्ट र भित्र गन्जी लगाएको रहेको प्रहरीले जनाएको छ ।

उनी आदिवासी समुदायका जस्तो देखिने अनुमान गरिएको छ । घटनास्थल अस्थाई प्रहरी चौकी मङ्गलवारे बजारबाट करिब ५ सय मिटर उत्तर पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार