तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

सोमबार, ०२ असार २०८२

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपाललाई नेदरल्याण्ड्सले तेस्रो सुपर ओभरमा पराजीत गरेको छ । पहिलो सुपर ओभर १९-१९ रनको बराबरी भएपछि खेल दोस्रोमा धकेलिएको थियो ।

यस्तै दोश्रो सुपर ओभर पनि दुबै टोलीले १७- १७ रनको बराबरी खेले । तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन ।

पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए ।

१ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो ।

नेपाल र नेदरल्याण्ड्स विचको खेल सुपर ओभरमा धकेलियो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार