नेपाल मुस्लिम डाक्टर्स एन्ड पारामेडिक्स एशोसिएसनको दोस्रो साधारणसभा विराटनगरमा सम्पन्न

शनिबार, ०७ असार २०८२

विराटनगर । नेपाल मुस्लिम डाक्टर्स एन्ड पारामेडिक्स एशोसिएसनको दोस्रो साधारणसभा तथा सम्मान कार्यक्रम विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य क्षेत्रमा मुस्लिम समुदायको सहभागिता र योगदानलाई उजागर गर्दै सम्पन्न भएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रमुख अतिथिका रूपमा गरेका थिए। उनले उद्घाटन मन्तव्यमा मुस्लिम चिकित्सक र स्वास्थ्यकर्मीहरूले विविधतायुक्त समाजमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता संस्थाहरूको भूमिकाले समावेशी स्वास्थ्य सेवा प्रवाहमा टेवा पु¥याउने बताए।

उक्त समारोहमा संघका उपाध्यक्ष डा. सफिल रहमान, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, हाम्रो अस्पतालका अध्यक्ष शंकर अधिकारी, बरिष्ठ फिजिसियन डा. खाजिर हुसेन र अयुब अन्सारी लगायतले आफ्ना मन्तव्य व्यक्त गरेका थिए।

WhatsApp Image 2025-06-21 at 2.01.48 PM_11zon

वक्ताहरूले मुस्लिम समुदायका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई संगठित गर्दै समाजमा स्वास्थ्य सचेतना फैलाउने कार्यमा एशोसिएसनको भूमिका सराहनीय रहेको बताए।

कार्यक्रममा समाजमा विशिष्ट योगदान पु¥याएका चिकित्सक र पारामेडिक्सहरूलाई सम्मान गरिनुका साथै विविध संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, र समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम संघका महासचिव हाजी अताबुल मन्सुरीको सञ्चालनमा र अध्यक्ष डा. सैयद वकार अहमद शाहको सभापतित्वमा सम्पन्न भएको थियो। एशोसिएसनले आगामी दिनहरूमा अझ व्यापक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार