राष्ट्र बैङ्कले आज बजारबाट ६० अर्ब झिक्दै

आइतबार, ०८ असार २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैङ्क तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैङ्कले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो । 

राष्ट्र बैङ्कले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैङ्कले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार