सरकारी कोष अघोषित रुपमा लुटियो- काँग्रेस सांसद शर्मा

आइतबार, ०८ असार २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले बजेट संशोधन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै बजेट आफ्नो क्षेत्रमा मात्र विनियोजन गरेको भन्दै बजेट संशोधन गर्न माग गरेका हुन् ।

उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट छुट्याइएको भन्दै सांसद शर्माले सत्तामा बसेर निर्ममतापुर्वक आ-आफ्नो तिर हालेको भन्दै जननिर्वाचित सांसदलाई विवस बनाएको आरोप लगाए ।

जनताले तिरेको कर अघोषित रुपमा लुटेको आरोप लगाउदै भने- 'जनताले गाउँ गाउँबाट पाई पाई गरेर पठाएको कर तपाइको भकारीमा आएपछि अघोषित रुपमा लुट्नु भएको छ । यसरी लुट्न पाइदैन । यो अघोषित कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो ।'

सांसद शर्माले टेक एण्ड पे कार्यक्रम स्वदेशी लगानीकर्तालाई नेपालको विद्युतमा लगानी गर्न नदिन ल्याएको भन्दै विदेशी कम्पनिलाई प्रोत्साहित गर्न ल्याइएको आरोप लगाए । उनले बजारमा टेक एण्ड पे भनेर व्यापारीसँग पैसा उठाएर परिवर्तन गर्ने हल्ला चलिरहेको बताउदै त्यसो गरेमा संसदमै विरोधमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार