आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी

आइतबार, ०८ असार २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नचलेकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइदा इज्जत गुम्दै गएको बताए ।

अध्यक्ष केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।

सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दा राष्ट्रियतामाथि नै प्रश्न उठ्न थालेको औंल्याए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार