ऊर्जा मन्त्री खड्का चीन प्रस्थान

मंगलबार, १० असार २०८२

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् ।

साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जा मन्त्री स्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

सो बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ। उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहनेछ।

मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्य राख्ने र सोही दिनका विभिन्न बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ ।

साथै, जुन २७ मा चीनका राष्ट्रिय ऊर्जा प्रशासकसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार