त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान १ देखि ७ बजेसम्म बन्द हुने

बुधबार, ०६ बैशाख २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान १ देखि ७ बजेसम्म ६ घण्टा बन्द हुने भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीकाअनुसार विद्युत आपूर्ति प्रणालीलाई थप सुदृटीकरण गर्ने काम भइरहेकाले उक्त समय आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध हुनेछ। तिवारीले जारी गरेको सूचनामा विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा (अनलाइन यूपीएस) जडानको काम भइरहेकाले सेवा अवरुद्ध हुने उल्लेख गरिएको छ । विमानस्थलमा यात्रुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्देश्यले अनलाइन यूपीएस जडान गर्न लागिएको जनाइएको छ। ‘यस विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले मिति २०८०।०१।०७ गते बिहान १:०० बजे देखि २०८०।०१।०७ गते बिहान ७:०० बजेसम्म विमानस्थलमा आन्तरिक / अन्तर्राष्ट्रिय वायुयान उडान अवतरण बन्द रहने र उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरुले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन विशेष अनुरोध गर्दछौं ।’  सूचनामा भनिएको छ । उक्त समयमा यात्रा गर्ने यात्रुलाई सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन पनि विमानस्थलले अनुरोध गरेको छ । यसबाट यात्रुलाई पर्न गएको असुविधाको लागि विमानस्थल कार्यालयले क्षमा मागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार