सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

शुक्रबार, १३ असार २०८२

इटहरी ।  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो ।

शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार