पार्टी कार्यालय बनाउन कांग्रेसले १३ करोडमा किन्यो जग्गा

शुक्रबार, १३ असार २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय विस्तारका लागि १९ आना थप जग्गा किनेको छ ।

केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी आज महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रूपैयाँ बैनासहित सम्झौता गरिएको छ ।

उक्त १३ करोड रूपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार