सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी

मंगलबार, १७ असार २०८२

काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले असार २४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो ।

कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । थप सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आइपिओ निष्कासन अवधि छिटोमा असार २७ गतेसम्म तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेस गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि खुला रहनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार