कीर्तिपुर : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई २० ओभरमा ६ विकेटमा १३० रनमै रोकेको थियो। जनकपुरका कप्तान अनिल साह शून्यमै पेभिलियन फर्किए पनि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई लयमा फर्काएका थिए।
१३१ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १८ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै जित हात पा¥यो।
प्रतिक्रिया