गगन थापा सभापति भएपछि नेपाली कांग्रेस धनुषाद्वारा खुसीयाली मनाईयो

शनिबार, ०३ माघ २०८२

जनकपुर : गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ । शनिबार जनकपुरधाममा रहेको पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरुले खुसीयाली मनाएका हुन्।

सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवम जनकपुरधामका मेयर मनोज कुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखे । उनले नेपाली कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको समेत बताए ।

गगन थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिँसाबले काम गरेको नगर सभापति साहको भनाई रहेको थियो । नेता साहले धनुषा क्षेत्र नम्बर ३ बाट पहिला पनि एकल नाम बिमलेन्द्र निधिको सिफारिस गरिएकोमा निधीले गगन थापासंग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए । नेता साहले पार्टीका शिर्ष नेताहरुलाई अभिभावकको रुपमा राखेर नयाँ नेतृत्वले  संरक्षक सरह सम्मान गर्ने समेत बताए ।

 त्यस्तै, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नर्गन आग्रह गरे । उनले नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरुमा तत्काल असन्तुष्टि भएपनि नियम सम्मत गरिएको निर्णयहरुलाई सबैले मान्नुपर्ने धारणा राखे । उनले एक वर्ष भित्र फेरि अधिवेशन हुने जानकारी दिए । उनले देशमा अन्य पार्टीहरु प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफै भित्र मनमुटाव राख्न नहुनेमा जोड दिए ।  सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन समेत उनले  आग्रह गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार